नियम १०
बिदा सम्बन्धी व्यवस्था

(१) अतिरिक्त हुलाकमा काम गर्ने हुलाक प्रतिनिधि, वितरक र डा“क वाहकले देहाय बमोजिमको बिदा पाउने छन् ः
(क) भैपरि आउने बिदा वार्षिक छ दिन ,
(ख) बिरामी बिदा बार्षिक बाह्र दिन,
(ग) घर बिदा वार्षिक चौबीस दिन,
(घ) प्रसूति बिदा बढीमा दुई सन्ततिको लागि प्रत्येक सन्ततिको निम्ति तीस दिन,
(ङ) किरिया बिदा पन्ध्र दिन ।

(२) घर बिदा एकपटकमा साधारणतया सात दिन भन्दा बढी लिन पाइने छैन ।

(३) भैपरी आउने बिदा र घर बिदा अर्को वर्षको लागि सञ्चित गर्न सकिने छैन ।

(४) मनासिब कारण परेमा बाहेक बिदाको निकासा नलिई हुलाका प्रतिनिधि, वितरक र डाँक बाहक आफ्नो कार्यालयमा अनुपस्थित हुनु हुँदैन। विशेष कारण परी कार्यालमा अनुपस्थित हुने हुलाक प्रतिनिधि, वितरक र डाँक बाहकले सात दिनभित्र सम्बन्धित अधिकारी
समक्ष बिदाको लागि निवेदन दिनु पर्नेछ ।

(५) बिदा अधिकारको कुरा नभई सहुलियत मात्र हुनेछ ।